सार्क राष्ट्रमा कोरोनाभाइरसले ४२९ जनाको मृत्यु, भारतमा संक्रमण दर बढ्दो | Khabarhub Khabarhub

सार्क राष्ट्रमा कोरोनाभाइरसले ४२९ जनाको मृत्यु, भारतमा संक्रमण दर बढ्दो


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा आइतबार बिहान समाचार तयार पार्दासम्म ४२९ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा २८८, पाकिस्तानमा ८६, बंगलादेशमा ३०, अफगानिस्तामा १८ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ४२९ पुगेको हो ।

माल्दिभ्स र नेपालमा संक्रमणका घटना भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ ।

कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा समेत भारत पाँचौं स्थानमा रहेको छ ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ४ हजार ३५५ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ३ हजार ३ सय ३९  को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा १ हजार १०१ जना, चौथोमा इन्डोनेसियामा ३२७  जना र पाँचौमा रहेकाे भारतमा २८८ जनाको मृत्यु भएको छ ।

कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?

भारत

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ ।

भारतमा आइतबार विहानसम्म २८८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको मृत्यु भएसँगै २८८ पुगेको हो ।

भारतमा एकैदिन ८४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ । भारतमा संक्रमितमध्ये ९६९जना उपचारपछि निको भएका छन् । ७ हजार १८९ जना उपचाररत छन् ।

पाकिस्तान

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ ।

कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ८६ जनाको मृत्यु भएको छ भने ५ हजार ११ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण एकै दिन पाकिस्तानमा थप २० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८६ पुगेको हो । पाकिस्तानमा शनिबार ३१६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ११ पुगेको हो ।

पाकिस्तानमा संक्रमितमध्ये ७६२ जना उपचारपछि निको भएका छन् । ४ हजार १६३ जना उपचाररत छन् । उनीहरुमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बंगलादेश

यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ ।

बंगलादेशमा शनिबार थप ३ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । त्यसैगरी शनिबार थप ५८ जनामा संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ४८२ पुगेको छ ।

बंगलादेशमा संक्रमित ४८२ जना मध्ये ३६ जना उपचारपछि निको भइसकेको छन् । ४१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अफगानिस्तान

सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म १८ जनाको मृत्य भएको छ ।

अफगानिस्तामा शनिबार थप ३ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शनिबार थप ३४ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या ५५५ पुगेको छ ।

अफगानिस्तानमा संक्रमितमध्ये ३२ जना उपचारपछि निको भएका छन् । ५०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंका

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ ।

कोरोनाका कारण श्रीलंकाका शनिबार थप ८ जना नयाँ संक्रमित भएटिए पनि पछिल्लो २४ घण्टामा कसैको ज्यान गएको छैन । हालसम्म श्रीलंकामा ७ जनाले ज्यान गुमाएका छन् ।

श्रीलंकामा विहीबार थप ८ जनामा कोरोनाको संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १९८ पुगेको हो । जसमध्ये ५४ जना उपचारपछि निको भएका छन् भने १३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत संक्रमितमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपाल

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । गत चैत २० गते विहीबार थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो । त्यस यता नेपालमा नयाँ संक्रमित फेला परेका छैनन् ।

नेपालमा कोरोना संक्रमित ९ जनामध्ये एक जनाको उपचारपछि निको भइसकेको छ भने अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिका एक जना बाहेक अरु सबै विदेशबाट आएका नेपाली नागरिकहरु हुन ।

नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सरकाले लकडाउन लागू गरेको आइतबार २० औं दिन पुगिसकेको छ ।

माल्दिभ्स

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा शनिबारसम्म थप संक्रमित र मृत्यु भएका नयाँ घटना देखिएका छैनन् । हालसम्म त्यहाँ १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ ।

भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जनामध्ये २ जनोको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : ४६ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना