नौ नेपाली राजदूतले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने « Khabarhub

नौ नेपाली राजदूतले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न नौ मुलुकमा कार्यरत नेपाली राजदूतले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने भएका छन् ।

मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

उक्त कोषमा यूएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेबियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय गरेका हुन् ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको अवस्थामा नेपालीको  जीवनरक्षाका लागि सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : ३२ बजे

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष

मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू

सोफिया– बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा– रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा