कोरोना भाइरसविरुद्धको लडाइँ जितेर घर फर्किए ४ लाख बढी संक्रमित « Khabarhub

कोरोना भाइरसविरुद्धको लडाइँ जितेर घर फर्किए ४ लाख बढी संक्रमित


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित चार लाखभन्दा धेरै बिरामीहरु निको भएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार लाख ४ हजार भन्दा बढी संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाख ८० हजार भन्दा धेरै संक्रमित भइसकेका छन् ।

पछिल्लो तथ्यांकमा सबैभन्दा धेरै चीनका नागरिक निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजार ५ सयभन्दा बढी मानिस निको भइसकेका छन् । १ हजार १ सय बढी बिरामी उपचाररत छन् । चीनमा अत्यन्त न्यून दरमा मात्र कोरोनाको संक्रमण देखिएको छ । चीनले लगभग व्यवस्थापन गरिसकेको अवस्था छ । ८२ हजार ५२ संक्रमित रहेको चीनमा अधिकांश मानिस भने निको भएका हुन् ।

त्यस्तै स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । तर, यो मुलुकमा अझै ८७ हजारभन्दा धेरै अझै उपचाररत रहेका छन् । जर्मनीमा पनि अहिलेसम्म ५७ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । जर्मनीमा समग्र संक्रमितको संख्या पनि एक लाख २५ हजार नाघिसकेको छ । त्यहाँ ६५ हजारभन्दा बढी संक्रमित निको हुन बाँकी छन् ।

इरानमा पनि अहिलेसम्म ४१ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् । इरानमा ७० हजार कुल संक्रमितमध्ये अब २३ हजारभन्दा बढी मानिस निको हुन बाँकी छन् भने चार हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी फ्रान्समा २६ हजार ३ सय ९१ जना निको भएका छन् । १३ हजार ८ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने ८९ हजार ४ सय भन्दा कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३७ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन