भारतमा डाक्टरबाटै बिरामी बलात्कृत भएको आरोप, रक्तश्राब धेरै भएपछि मृत्यु « Khabarhub

भारतमा डाक्टरबाटै बिरामी बलात्कृत भएको आरोप, रक्तश्राब धेरै भएपछि मृत्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोनाभाइरसको संक्रमण भएको आशंकामा भारतको एक अस्पतालमा भर्ना भएकी एक आप्रवासी युवतीलाई स्वास्थ्यकर्मीले नै बलात्कार गरेपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।

भारतको बिहार राज्यको गयामा अस्पतालमा आइसोलेनसमा उपचाररत उनलाई डाक्टरले नै बलात्कार गरेको परिवारले आरोप लगाएको छ ।

केही दिन पहिलेकै घटना भएपनि पीडितकी आमाले प्रहरीमा उजुरी दिएपछि मात्र बाहिर सार्वजनिक भएको हो ।

ती युवतीलाई गयास्थित अनुग्रह नारायण मेगध मेडिकल कलेज तथा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उनका परिवारले एक स्वास्थ्यकर्मीमाथि बलात्कार र हत्याको आरोप लगाएका छन् । उनले अस्पतालबाट डिस्चार्ज भएपछि अत्याधिक रक्तश्रावका कारण घरमै ज्यान गुमाएको दावी गरिएको छ ।

‘ती २५ वर्षकी पीडित पंजाबको लुधियानाबाट बिहारको गया जिल्लामा आफ्ना श्रीमानको साथमा मार्च २५ मा फर्किएकी थिइन् ।

घर फर्किनुअघि उनले लुधियानामै गर्भपतन गराएकी थिइन् जतिबेला उनको पेटमा केवल २ महिनाको गर्भ थियो’ डेक्कन हेराल्डको एक रिपोर्टमा उल्लेख छ ।

पारिवारीक दाविअनुसार उनको उपचारमा खटिएका डाक्टरले नै अप्रिल २ र ३ उनलाई बलात्कार गरेका थिए ।

कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि ४ अप्रिलमा अस्पतालबाट डिस्चार्ज गरिएकी उनको ६ अप्रिलमा मृत्यु भएको थियो ।

प्रहरीले परिवारका सदस्यलाई अस्पतालमा आएर पीडकको पहिचान गर्न आग्रह गरेको छ ।

अस्पतालमा सुपेरिटेन्डेन्ट डा. भीके प्रसादले आरोप पुष्टि भए उक्त घटना जघन्य अवराध हुने बताएका छन् । उनले अस्पतालका  सीसीटिभी फुटेज जाँच गरेर अनुसन्धानमा सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ५९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका