भारतमा डाक्टरबाटै बिरामी बलात्कृत भएको आरोप, रक्तश्राब धेरै भएपछि मृत्यु « Khabarhub

भारतमा डाक्टरबाटै बिरामी बलात्कृत भएको आरोप, रक्तश्राब धेरै भएपछि मृत्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोनाभाइरसको संक्रमण भएको आशंकामा भारतको एक अस्पतालमा भर्ना भएकी एक आप्रवासी युवतीलाई स्वास्थ्यकर्मीले नै बलात्कार गरेपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।

भारतको बिहार राज्यको गयामा अस्पतालमा आइसोलेनसमा उपचाररत उनलाई डाक्टरले नै बलात्कार गरेको परिवारले आरोप लगाएको छ ।

केही दिन पहिलेकै घटना भएपनि पीडितकी आमाले प्रहरीमा उजुरी दिएपछि मात्र बाहिर सार्वजनिक भएको हो ।

ती युवतीलाई गयास्थित अनुग्रह नारायण मेगध मेडिकल कलेज तथा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उनका परिवारले एक स्वास्थ्यकर्मीमाथि बलात्कार र हत्याको आरोप लगाएका छन् । उनले अस्पतालबाट डिस्चार्ज भएपछि अत्याधिक रक्तश्रावका कारण घरमै ज्यान गुमाएको दावी गरिएको छ ।

‘ती २५ वर्षकी पीडित पंजाबको लुधियानाबाट बिहारको गया जिल्लामा आफ्ना श्रीमानको साथमा मार्च २५ मा फर्किएकी थिइन् ।

घर फर्किनुअघि उनले लुधियानामै गर्भपतन गराएकी थिइन् जतिबेला उनको पेटमा केवल २ महिनाको गर्भ थियो’ डेक्कन हेराल्डको एक रिपोर्टमा उल्लेख छ ।

पारिवारीक दाविअनुसार उनको उपचारमा खटिएका डाक्टरले नै अप्रिल २ र ३ उनलाई बलात्कार गरेका थिए ।

कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि ४ अप्रिलमा अस्पतालबाट डिस्चार्ज गरिएकी उनको ६ अप्रिलमा मृत्यु भएको थियो ।

प्रहरीले परिवारका सदस्यलाई अस्पतालमा आएर पीडकको पहिचान गर्न आग्रह गरेको छ ।

अस्पतालमा सुपेरिटेन्डेन्ट डा. भीके प्रसादले आरोप पुष्टि भए उक्त घटना जघन्य अवराध हुने बताएका छन् । उनले अस्पतालका  सीसीटिभी फुटेज जाँच गरेर अनुसन्धानमा सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ५९ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको