इन्द्रावती गाउँपालिकामा एक्सन टोली « Khabarhub

इन्द्रावती गाउँपालिकामा एक्सन टोली


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिका कोरोना भाइरसको सामना गर्न चार रणनीतिक योजनासहित एक्सन टोली निर्माण बनाएको छ ।

सर्वदली र सर्वपक्षीय बैठकको तय गरेको रणनीतिअनुसार तीन तहको कार्यसमूह बनाएर गाउँपालिका टोली परिचालन भएको छ ।

गाउँपालिका अध्यक्ष वंशलाल तामाङको नेतृत्वमा गाउँपालिकास्तर, वडाध्यक्षको नेतृत्वमा वडास्तर र टोलस्तरको नेतृत्वमा स्वयंसेवक टोली निर्माण गरेर कोरोना सामना गर्न सिङ्गो स्थानीय तह उठेको हो ।

तीन तहको समितिमा सबै राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि तथा महिला स्वयंसेविका पनि संयुक्तरूपमा परिचालन हुनेछन् ।

गाउँपालिका अध्यक्ष तामाङका अनुसार सबै टोल स्वयंसेवक समितिले स्वदेश तथा विदेशबाट आएका व्यक्तिको लागत राख्ने, पहिचान गर्ने, परिचालन गर्ने र प्रतिवेदन बनाउने चार रणनीति तयार गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख नुनबहादुर सापकोटा, नेपाली काँग्रेसका प्रमुख फुर्पा तामाङ, स्वस्था संयोजक पर्शुराम श्रेष्ठ, नवलपुर प्राथमिक अस्पतालका डा धर्मेन्द्र झा, इलाका प्रहरी कार्यालयका प्रमुख होमप्रकाश चौधरीलगायत पालिकाका सम्बन्धित कर्मचारीसमेतको उपस्थिति थियो ।

इचोकमा बर्थिङ सेन्टर

हेलम्बु गाउँपालिकाको विकट गाउँमा सुविधासम्पन्न बर्थिङ सेन्टरले महिला खुशी छन् ।

हेलम्बु–७ इचोकमा भिडियो एक्सरेसहितको बर्थिङ सेन्टरबाट सेवा पाएपछि महिला खुशी भएका हुन् । गाउँमै विषेश सुविधा पाएपछि हेलम्बुको इचोक बर्थिङ सेन्टरमा सुत्केरी गराउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

भिडियो एक्सरे, २४सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था र गाउँपालिकाको विषेश आर्थिक सहयोग, एम्बुलेन्स सुविधालगायतको व्यवस्थाले ग्रामीण महिला सुत्केरी गराउन बर्थिङ सेन्टरमा आउन थालेका हुन् ।

हेलम्बु गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा दुई बर्थिङ सेन्टर छ । दुई वर्षअघि पाँच जना मात्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आएका थिए । हाल चालू वर्षको नौ महिनामा झण्डै १०० भन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी हुन आएको पालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : ०४ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री