चट्याङ लागेर सङ्खुवासभामा एकजनाको मृत्यु « Khabarhub

चट्याङ लागेर सङ्खुवासभामा एकजनाको मृत्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचपखन– सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पाँचखपन नगरपालिका–२ की ५२ वर्षीय डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।

शनिबार राति ७ः३० बजे राई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको पाँचखपनका नगरप्रमुख विपीन राईले जानकारी दिए ।

शनिबार नै राँगोले हानेर खाँदबारी नगरपालिका–११ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–११ आङ्लाका ६४ वर्षीय तुलाराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नै खेत आङ्लामा रहेको गोठमा राँगो बाध्नेक्रममा उनीमाथि राँगोले आक्रमण गरेको थियो । गुरुङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शवपरीक्षणका लागि शनिबार नै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : २० बजे

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले