तीन जनामा कोरोनाभाइरस संक्रमणको पुष्टिसँगै वीरगञ्जको छपकैया ‘सीलबन्दी' | Khabarhub Khabarhub

तीन जनामा कोरोनाभाइरस संक्रमणको पुष्टिसँगै वीरगञ्जको छपकैया ‘सीलबन्दी’


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जको नारायणी क्षेत्रीय अस्पतालमा उपचारका लागि आएका तीन जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा बन्देजसहित ‘सील’ गरेको छ ।

तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टिसँगै भारतीय मुस्लिम धर्मप्रचारक (मौलाना) वीरगन्ज–२ छपकैया र घुसुकपुरमा रहेको मस्जिद आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सीलबन्दी गरेको हो । कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन प्रशासनले सुरक्षा व्यवस्थामा समेत कडाइ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ को संक्रमण फैलनबाट रोक्न सीलबन्दी जरुरी देखिएकोले छपकैया र आसपासको क्षेत्रलाई सीलबन्दी गर्ने निर्णय गरेको हो ।

छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरिएको हो ।

त्यस्तै संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर उनीहरुको र्‍यापिड टेष्ट किटमार्फत परीक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोरोना संक्रमणको पुष्टि भएका तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ। भारत र नेपाल दुवै देशमा ‘लकडाउन’ गरिएका कारण भारत फर्कन नसकेपछि उनीहरू वीरगञ्जको छपकैयाको मस्जिदमा विगत केही समयदेखि बस्दै आएका थिए ।

उनीहरूमध्ये दुईजना उत्तरप्रदेश र एकजना दिल्लीका वासिन्दा भएको जनाइएको छ ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरू त्यही बेलादेखि नेपालमा रहँदै आएको मस्जिदका मौलाना अलि असगरले बताए।

तर स्थानीयका अनुसार उनीहरू वीरगञ्जको मस्जिदमा विगत १५ दिनदेखिमात्र देखा परेका हुन्।

उनीहरु डेढ साता अगाडि नेपाल प्रवेश गरेका भारतीय मुस्लिम धर्मप्रचारक (मौलाना) वीरगन्ज–२ छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा लुकेर बस्दै आएका थिए ।

वीरगन्ज–२ छपकैयामा रहेको मस्जिदमा आएर बसेकामध्ये केही जमातीलाई अत्याधिक ज्वरो तथा रुघाखोकीले च्यापेपछि बिहिबार दिउँसो वडा अध्यक्षको अगुवाईमा अस्पतालमा आएर चेकजाँच गराएका थिए ।

जसमध्ये बिहीबार नै तीनाको स्वाब परीक्षणको लागि हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा पठाइएको थियो । हेटौँडाको प्रयोगशालाले तीन जनामै कोरोना पोजेटिभ रहेको पुष्टी शुक्रबार नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायलाई रिपोर्ट मार्फत जानकारी गराएका थिए ।

उनीहरूमा कोरोना पोजेभिट भेटिएपछि मेसुले छपकैया मस्जिदमा बसेका तीनै जनालाई वडा अध्यक्ष शेष अब्बास मार्फत बोलाएर अस्पतालको आइसोलेशन वार्डमा राखेका थिए । तीन जनामा कोरोना पोजेटिभ भेटिएपछि त्यसलाई रि–कन्फर्मरेशनका गर्न पुन अर्को परिक्षणको लागि स्वाबः टेकु स्थित शुक्रराज अस्पतालमा पठाएको थियो । अस्पतालले पनि उनीहरुमा कोरोना भएको पुष्टि गरेको हो ।

भारतीय जमातीमा कोरोना पोजेटिभको आशंका बढेपछि शनिबार कोभिड– १९ रोकथाम तथा नियन्त्रण सुरक्षा समितिको आकस्मिक बसेको बैठकले जिल्ला भरीको मस्जिदमा अनुगमन गर्ने बारे बृहत छलफल भएको थियो ।  शनिबार बेलुका प्रहरी उपरिक्षक गंगा पन्तकै नेतृत्वमा रहेको प्रहरी टोलीले जमातीहरू बसेका वीरगन्ज–२ छपकैया र घुसुकपुरको मस्जिदमा छापामारी नियन्त्रणमा लिएका थिए ।

उनीहरूलाई अहिले सिद्धार्थ स्कुलमा रहेको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पोजेटिभ तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा कडा निगरानीमा राखिएको छ । अहिले आइसोलेशन वार्डलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । उपचार गर्न जाने चिकित्सक समेत सावधानी पूर्वक उपचारमा लागेका छन् ।

विशेष श्रोतका अनुसार पर्सा, बारा, रौतहट, सप्तरी, सिराहामा गरि ३ सय ४९ जमातीलाई नेपाल प्रवेश गराइएको हो । सुरक्षाकर्मीहरूले उनीहरूको खोजी शुरु गरेको श्रोतले जनाएको छ । पर्सा र बारा जिल्लाबाट हालसम्म ७९ जना जमातीलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ ।

पर्सा जिल्लामा ५९ जना जमातीलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । जिल्लाको जगरनागपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको संरक्षणमा रहेका १५ जना जमातीलाई गत चैत २० गते प्रहरीले उनकै गाउँको एक मस्जिदबाट नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी चैत १९ गते पर्टेवा सुगौली गाउँपालिका स्थित एक मस्जिदमा लुकेर बसेका ११ जना जमातीलाई प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको थियो ।

जालिमको संरक्षणमा रहेको जमातीलाई नियन्त्रणमा लिन पुगेका प्रहरी र जालिमबीच विवाद समेत भएको थियो । प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा जालिम मियाँले नै नियन्त्रणमा लिन दिएका थिएनन् । उल्टै प्रहरीमाथि नै जाई लागेका मियाँले अन्त्यमा प्रहरीसँग ब्लाकमेलिङ्ग गरेर आफनै गाडीमा पठाउँने अडान लिएका थिए ।

जालिमले राखेको सर्तमा नै १५ जना जमातीलाई मियाँ चढ्ने गाउँपालिकाको सरकारी गाडी र एम्बुलेन्समा राखेर वीरगन्जको सिद्धार्थ स्कुलमा रहेको क्वारेन्टाईनमा पठाएका थिए ।

प्रदेश २ मा नेपाल प्रवेश गराइएका जमातीमध्ये अधिकांश भारतीय नागरिक छन् । केही इन्डोनेशियाका र पाकिस्तानी समेत भएको सुरक्षा स्रोतले जनाएको छ ।

सुरक्षाकर्मीले समेत यो समग्र प्रक्रियामा जालिम मुखिया, महानगरपालिका र विन्दवासी गाउँपालिकाका एक मुस्लिम महिला वडा अध्यक्षकोे भूमिकालाई लिएर अनुसन्धान जारी राखेको छ ।

मोरङ्गहुँदै रौतहटसम्मको मस्जिदमा पुगेका जमातीलाई अध्यक्ष मियाँले नै पर्साको जगरनाथपुर गाउँपालिकामा रहेको मस्जिदमा धर्म प्रचारको लागि बोलाएका थिए । जमातीहरू जगरथपुरबाट विन्दवासनी गाउँपालिकाको झौवा, अमरपट्टी लगायतहुँदै छपकैयास्थित मस्जिदमा पुगेको जनाइएको छ ।

नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टिसँगै संक्रमितको संख्या १२ पुगेको छ । यसअघि नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य २ जनाको काठमाडौंमा, २ जनाको बागलुङ र ४ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : ४० बजे

यी मुख्य ६ कारण, जसले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए ट्रम्प

काठमाडौं- अमेरिकामा राष्ट्रपतिको कुर्सी दोस्रो पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

काठमाडौं– स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले

४ अर्बमा ह्यात रेजेन्सी लुम्बिनी बन्दै 

काठमाडौं– लुम्बिनीमा ४ अर्बको लागतमा ह्यात रेजेन्सी लुम्बिनी बन्ने भएको

नेपालमा डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौं– नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास