बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर र आइसीयू जडान « Khabarhub

बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर र आइसीयू जडान


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा भेन्टिलेटलर र आइसीयू जडान गरिएको छ ।

विशेष अस्पतालमा चार भेन्टिलेटर र आठवटा आइसीयू शैया निर्माण भएका हुन् ।

अस्पतालको आज मुख्यमन्त्री शङ्कर पोखरेलले निरीक्षण गर्दै कोभिड–१९ रोगका विरुद्ध अहिलेसम्म प्रदेशमा देखिएको सावधानीलाई थप बलियो बनाउनुपर्ने बताए ।

प्रदेशमा निर्माण भएका यस्ता सुविधायुक्त स्वास्थ्य सेवाका संरचनाले जनतामा उपचार सेवा कहाँ पाउने भन्ने चिन्ता अन्त्य भएको पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेलले कोरोना सङ्क्रमण नियन्त्रणको प्रमुख उपाय नै आवतजावतलाई नियन्त्रण र सामाजिक दूरी कायम गर्नु नै प्रभावकारी रहेको देखिएकाले यसप्रति सजग रहन आह्वान गरे ।

प्रदेशमा सरकारको आदेशलाई जनताले सहजतापूर्वक पालन गरेकाले नै अहिलेसम्म सङ्क्रमण रोक्न सकिएको उनले दावी समेत गरेका छन् ।

प्रदेश सरकारले कोरोना सङ्क्रमणको उपचारका लागि प्रदेश अन्तर्गत चार स्थानमा विशेष अस्पताल निर्माण गर्ने निर्णयअनुसार बुटवलमा लुम्बिनी प्रदेशिक अस्पतालको मातहतमा रहने गरी बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा कोरोना विशेष अस्पताल निर्माण गरिएको हो ।

अस्पताल निर्माणका लागि प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा ५० शैयाको कोरोना विशेष आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा आइसकेको छ ।

यस अस्पतालमा हालसम्म ३६ जनाको उपचार भएको छ जसमध्ये ३५ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएको मेसु डाक्टर राजेन्द्र खनालले जानकारी दिए ।

अस्पतालमा उपचार गराउन आएका एकजनाको भने उपचारका क्रममा मृत्यु भएको छ । उनको कोरानाका कारण मृत्यु नभएको रिपोर्ट यसअघि नै आइसकेको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : ३५ बजे

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म