देख्नुभयो त मेरो फूर्ति ? कसले भन्छ मलाई पार्किन्सन भएको भनेर ? « Khabarhub

देख्नुभयो त मेरो फूर्ति ? कसले भन्छ मलाई पार्किन्सन भएको भनेर ?


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठको सक्रियता पछिल्लो समय ह्वात्तै घटेको छ । फिल्ममा पनि उनी निकै छोटा भूमिकामा देखिन थालेका। कार्यक्रममा भेटिँदा पनि धेरै बोल्दैनन् । मुस्कुराउँछन् मात्र ।

मदनकृष्ण श्रेष्ठलाई पछिल्लो समय एक फिल्म ‘दाल भात तरकारी’ मा देखिएको थियो । फिल्ममा उनको भूमिका खासै धेरै थिएन । पार्किन्सनले उनलाई बोल्न पनि गाह्रो बनाएको छ ।

उनले अभिनय र स्वर दिएको गीत केही महिनाअघि रिलिज गरिएको थियो । उक्त गीतमा मदनकृष्ण श्रेष्ठ र छोरी सराना श्रेष्ठको स्वर सुन्न सकिन्छ । भिडियोमा सरानासँगै मदनकृष्ण श्रेष्ठ पनि थिए ।

‘पानी छायाँ’ बोलको गीतले लोकप्रियता पनि कमायो ।

केही दिनयता मदनकृष्ण श्रेष्ठ अर्को एक भिडियोका कारण चर्चामा छन् । मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जाल फेसबूकमा एक टिकटक भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा उनी खुशीसाथ नाच्दै गरेका देखिन्छन् ।

भिडियो शेयर गर्दै मदनकृष्ण श्रेष्ठ लेख्छन् – देख्नुभयो त मेरो फूर्ति ?

उनको यो फूर्ति साँच्चिकै लोभलाग्दो छ । मदनकृष्ण अगाडि लेख्छन् – कसले भन्छ मलाई पार्किन्सन भएको छ भनेर, मलाई लाग्छ मेरो यो फूर्ति र तागत सबै मेरो हित चाहनुहुने मेरा हितैसी शुभचिन्तक दर्शक स्रोताहरुबाट प्राप्त आशीर्वाद, शुभेच्छा र मीठो मायाको कारण हो ।

मदनकृष्ण पछिल्लो समय आफ्नै घरमा समय बिताइरहेका छन् । लकडाउनका कारण उनले आफ्नो परिवारसँग समय बिताउन पाएका छन् । लकडाउनमा परिवारका साथ रमाइरहेका मदनकृष्ण लेख्छन् – ‘यो संसारबाट कोरोनाको महामारी चाँडै नष्ट होस् ।’

मदनकृष्णको जोशिलो भिडियोको तारिफ गर्दै मदनकृष्ण श्रेष्ठ लेख्छन् – मदन दाइको निकै राम्रो, रमाइलो र फुर्तिलो नाच ।

उनले भिडियो सामाजिक सञ्जालमा शेयर पनि गरेका छन् । साथै यो भिडियो अरु प्रशंसकले पनि शेयर गर्दै मदनकृष्ण श्रेष्ठको तारिफ गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : २४ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा