देख्नुभयो त मेरो फूर्ति ? कसले भन्छ मलाई पार्किन्सन भएको भनेर ? | Khabarhub Khabarhub

देख्नुभयो त मेरो फूर्ति ? कसले भन्छ मलाई पार्किन्सन भएको भनेर ?


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठको सक्रियता पछिल्लो समय ह्वात्तै घटेको छ । फिल्ममा पनि उनी निकै छोटा भूमिकामा देखिन थालेका। कार्यक्रममा भेटिँदा पनि धेरै बोल्दैनन् । मुस्कुराउँछन् मात्र ।

मदनकृष्ण श्रेष्ठलाई पछिल्लो समय एक फिल्म ‘दाल भात तरकारी’ मा देखिएको थियो । फिल्ममा उनको भूमिका खासै धेरै थिएन । पार्किन्सनले उनलाई बोल्न पनि गाह्रो बनाएको छ ।

उनले अभिनय र स्वर दिएको गीत केही महिनाअघि रिलिज गरिएको थियो । उक्त गीतमा मदनकृष्ण श्रेष्ठ र छोरी सराना श्रेष्ठको स्वर सुन्न सकिन्छ । भिडियोमा सरानासँगै मदनकृष्ण श्रेष्ठ पनि थिए ।

‘पानी छायाँ’ बोलको गीतले लोकप्रियता पनि कमायो ।

केही दिनयता मदनकृष्ण श्रेष्ठ अर्को एक भिडियोका कारण चर्चामा छन् । मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जाल फेसबूकमा एक टिकटक भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा उनी खुशीसाथ नाच्दै गरेका देखिन्छन् ।

भिडियो शेयर गर्दै मदनकृष्ण श्रेष्ठ लेख्छन् – देख्नुभयो त मेरो फूर्ति ?

उनको यो फूर्ति साँच्चिकै लोभलाग्दो छ । मदनकृष्ण अगाडि लेख्छन् – कसले भन्छ मलाई पार्किन्सन भएको छ भनेर, मलाई लाग्छ मेरो यो फूर्ति र तागत सबै मेरो हित चाहनुहुने मेरा हितैसी शुभचिन्तक दर्शक स्रोताहरुबाट प्राप्त आशीर्वाद, शुभेच्छा र मीठो मायाको कारण हो ।

मदनकृष्ण पछिल्लो समय आफ्नै घरमा समय बिताइरहेका छन् । लकडाउनका कारण उनले आफ्नो परिवारसँग समय बिताउन पाएका छन् । लकडाउनमा परिवारका साथ रमाइरहेका मदनकृष्ण लेख्छन् – ‘यो संसारबाट कोरोनाको महामारी चाँडै नष्ट होस् ।’

मदनकृष्णको जोशिलो भिडियोको तारिफ गर्दै मदनकृष्ण श्रेष्ठ लेख्छन् – मदन दाइको निकै राम्रो, रमाइलो र फुर्तिलो नाच ।

उनले भिडियो सामाजिक सञ्जालमा शेयर पनि गरेका छन् । साथै यो भिडियो अरु प्रशंसकले पनि शेयर गर्दै मदनकृष्ण श्रेष्ठको तारिफ गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : २४ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता