यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा « Khabarhub

यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौँलगायत देशका अधिकांश भूभागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा अप्रिल महिनामा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष ९२ मिलीमिटर वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यस वर्षाको प्रकृति भिन्न छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि औसत वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।

विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभाग सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराई एक दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बुधबार पनि देशको अधिकांश भूभागमा सामान्य बदली रही पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा मध्य भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशको पूर्वी र मध्यलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही पूर्वी भूभागको केही स्थानमा पश्चिमी तथा मध्य भूभागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औंल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । मंगलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव ९ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ०७ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा