अर्थमन्त्रीलाई गगन थापाको प्रश्न– विदेशबाट फर्किने युवाका लागि ठोस योजना खै ? « Khabarhub

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न– विदेशबाट फर्किने युवाका लागि ठोस योजना खै ?


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोरोनाका कारण सिर्जित अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सृजनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिँदै थापाले अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताए ।

नवप्रबद्र्धनको मौका, डिजिटल गराउने असरतर्फ पनि सरकारको पट्क्कै ध्यान नभएको थापाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले करको दायर बढाउने पुरानै सिद्धान्तलाई आधार मानेको भन्दै उनले सार्वजनिक खर्च घटाउने यस्तो अवसर आउदा पनि अर्थमन्त्रीले साहस गर्न नसकेको टिप्पणी गरे ।
विदेशबाट फर्किन लागेका र स्वदेशमै पनि बेरोजगार भएका लाखौ नेपालीका लागि कुनै ठोस योजना ल्याउने छाँटकाट नदेखाएको भन्दै थापाले अर्थमन्त्री खतिवडाको आलोचना गरे ।

थापाले भने, ‘लाखौं मानिस स्वदेश आउँदैछन्, उनीहरुको बारेमा कुनै चिन्ता अर्थमन्त्रीमा देखिएन ।’

कोरोनापछि कृषि र साना उद्योगहरुलाई प्राथमिकता दिनुपर्छ भनेको मात्रै सुनेको तर शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्था नगर्दासम्म गाउँमा रहेकाहरुलाई गाउमै टिकाउन सकिन्न भन्ने तर्फ कसैको ध्यान नगएको उनले बताए ।

हरेक गाउँ गाउँमा कस्तो अस्पताल बनाउनु पर्छ, कस्तो आवश्यकता छ भन्ने लगायतको सम्पूर्ण योजना सहितको अध्ययन प्रतिवेदन २०७४ सालदेखि स्वास्थ्य मन्त्रालयमा थन्किएको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

धेरै विद्धान र विज्ञहरुले धेरै मेहनेत गरेर बनाएको प्रतिवेदनलाई सरकारले एक पल्ट पनि पल्टाउने चेष्टा नगरेको भन्दै उनले दुःख समेत व्यक्त गरे ।

नेपालका उद्योगहरुलाई निजिकरण गरिएको भन्दै विगतमा चर्को विरोध गर्ने सत्तारुढ दललाई अहिले सार्वजनिक उद्योगहरु खोल्न पनि उनले चुनौति दिए ।

छलफलका लागि पेश गरिएको प्रस्ताव निवन्ध जस्तो भएको टिप्पणी गर्दै उनले अर्थमन्त्री खतिवडाले सांसदहरुलाई हेपेको आरोप समेत लगाए ।

‘नयाँ बजेट बनाउँदा अहिलेको अवस्थाका बारेमा केही न केही तथ्यांकहरु प्रस्तुत गर्नुपर्दछ र त्यसका आधारमा सैद्धान्तीक छलफल गर्नु पर्ने हो, तर उहाँले सांसदहरुलाई केही थाहा छैन भन्ने ठानेर निवन्धजस्तो लेख्नु भएको छ,’ उनले भने ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ५७ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता