मंगलबार राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय १७ पुग्यो « Khabarhub

मंगलबार राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय १७ पुग्यो


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार पर्साका २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुष, महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुष, भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीय महिला र सर्लाहीकी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या २ सय १७ पुगेको छ । कोरोना भाइरसको संक्रमण देखिएकामध्ये हालसम्म ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : २७ बजे

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु