बन्दुकधारीद्वारा अस्पतालमा आक्रमण, नवजात शिशुसहित १४ मारिए | Khabarhub Khabarhub

बन्दुकधारीद्वारा अस्पतालमा आक्रमण, नवजात शिशुसहित १४ मारिए


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान- अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा भएको आक्रमणमा दुई जना शिशुसहित १४ जनाको मारिएका छन्। उक्त आक्रमणमा थप १५ जना घाइते भएको जनाइएको छ।

शृङ्खलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा पछि बन्दुक आक्रमण गरिएको  जनाइएको छ ।

हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले बीबीसीलाई त्यसबेला चिकित्सक र नर्ससहित १ सय ४० जना जति अस्पतालमा रहेको जानकारी दिए।

हमलामा परेको अस्पतालको प्रसूति गृह अन्तर्राष्ट्रिय परोपकारी संस्था मेदसाँ सं फ्रँतिए (एमएसएफ)ले सञ्चालन गर्दै आएको छ।

त्यहाँ कतिपय विदेशी पनि कार्यरत रहेको जनाइएको छ । एमएसएफका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई पनि हमलाकारीले निशाना बनाएको हुनसक्ने बताइएको छ।

अफगान विशेष फौजले तीन विदेशीसहित १०० जना महिला र बालबालिकालाई उद्धार गरेको एक जना अधिकारीले बीबीसीलाई बताएका छन्।

संयुक्त राज्य अमेरिकासँग दुई महिना भन्दाअघि सैनिक फिर्तीबारे सम्झौता गरेको तालिबानले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ।

बन्दुकधारीको अर्को समूहले काबुलमा मङ्गलवार गरेको अर्को आक्रमणमा थप १५ जना घाइते भएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ०५ बजे

एलन मस्क बेइजिङमा

काठमाडौं– अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन्

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ