राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका अमृत राई निर्वाचित « Khabarhub

राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका अमृत राई निर्वाचित


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्र संघको ७५ औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलोपल्ट नेपाल निर्वाचित भएको छ ।

न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपल्ट नेपालका तर्फबाट राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले अध्यक्षमा निर्वाचित गरेको छ ।

महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटी महत्वपूर्ण मानिन्छ । अल्पविकसित देशले सामना गर्ने समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन समेत यस कमिटीले हेर्ने भएकाले पनि यसलाई महत्वका साथ हेरिने गरिन्छ ।

राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर भएको नेपाली नियोगले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  २ : ५९ बजे

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि