बार्सिलोनासँग रियल भालाडोलिड पराजित, बार्सिलोनाको उपाधि होड कायमै « Khabarhub

बार्सिलोनासँग रियल भालाडोलिड पराजित, बार्सिलोनाको उपाधि होड कायमै


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ ।

शनिबार रातिको खेलमा बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो ।

बार्सिलोनाको जीतमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो ।

कप्तान लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले १५औँ मिनेटमा गोल गरे ।

जीतसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ ।

अबको खेलमा रियलले बराबरी खेलेमा उपाधि होड अझ बढी रोमाञ्चक हुनेछ । जीतसँगै बार्सिलोना पनि उपाधि होडमा कायमै छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ४८ बजे

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र

बाढीमा सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद

काठमाडौं- भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका करिब २

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन

काठमाडौं– माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका