गर्भ रहेनरहेको कसरी थाहा पाउने ? | Khabarhub Khabarhub

गर्भ रहेनरहेको कसरी थाहा पाउने ?


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अधिकाशं महिलालाई २८ दिनको चक्रमा महिनावारी हुने गर्दछ । तर कहिलेकाहि २१ देखि ३५ दिनसम्ममा पनि महिनावारी हुनसक्छ । यो समयावधी पनि सामान्य हो ।

तर, बिवाहित महिला जो नियमित सहवासमा हुन्छिन् उनको नियमित रुपमा भइरहेको महिनावारी रोकिए गर्भ रहेको शंका हुने गर्दछ ।

प्रश्न हुन्छ, महिनावारीको कतिदिनमा गर्भ रहन्छ ?

कसरी थाहा पाउने
महिनावारी भएन वा हुनुपर्ने नियमित समय अनुसार भएन भने गर्भ रहेको हुनसक्छ । तसर्थ महिनावारी समयमा भएन भने गर्भ रहे नरहेको थाहा पाउन बजारमा रहेको बिभिन्न प्रेग्नेन्सी टेस्ट कीटको प्रयोग गर्न सकिन्छ ।

यी कीटले महिनावारीको मिति नाघेपछि गर्भ रहेनरहेको थाहा हुन्छ । तर प्रेग्नेन्सी टेस्ट कीटबाट महिनावारीको मितिको न्युनतम पाँच दिनपछि प्रयोग गर्नु पर्दछ ।

यसले समान्यतया महिनावारी हुनुपर्ने मितिको २ हप्ता अर्थात अन्तिम पिरियड भएको मितिको ६ हप्ता पछि मात्र राम्रो नतिजा दिन्छ । तर नतिजा नआए १ हप्ता पछि फेरि टेष्ट दोहर्‍याउनु पर्छ ।

महिनावारीको कति दिनमा गर्भ रहन्छ ?

महिनावारी भएपछि महिलाको शरीरमा अर्काे अण्ड निस्किन्छ । यस्तोमा यदि ५ दिनसम्म
पीरियड चलेको भए त्यस लगत्तै पार्टनरसँग सम्बन्ध भएमा गर्भ रहने सम्भावना हुन्छ । तर महिनावारी भएको ११ दिनपछि शारीरिक सम्पर्क भयो भने यो समयमा गर्भ रहने सम्भावना सबै भन्दा अधिक हुन्छ ।

यदि अर्काे पिरीयड हुनुपर्ने मितिको १२ देखि १४ दिन अघिसम्म शारीरिक सम्पर्क भएमा यो समयमा गर्भ रहने सम्भावना अधिक हुन्छ ।

गर्भवती हुदाँको लक्षणहरु :
– खान मन नलाग्नु
– अन्य समयमा भन्दा बढि वान्ता हुनु
– स्तन सारो वा दुखे झै हुनु
– धेरै पिसाब लाग्नु
– शरीर गल्नु, थकानको महशुस हुनु
– पेटमा ग्यास भरिए झै हुनु
– छातीमा जलन पैदा हुनु
– मुखको स्वाद बिग्रनु

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ०४ बजे

ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)

विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

बेइजिङ- उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य

कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध

काठमाडौं – आईएनआई सिनेमाज चेन अन्तर्गतका हलहरुमा व्यवसायिक शोमा क्यामेरा

हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ? 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको