एनसेलले सुरु गर्‍यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ | Khabarhub Khabarhub

एनसेलले सुरु गर्‍यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलले वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ सुरू गरेकाे छ ।

नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने कम्पनीले जनाएकाे छ । एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ ।

एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको छ । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्ने जनाइएको छ ।

वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् ।

कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठूलो डेटा भोलुमसँगको बन्डलिङ सहित प्रि बुकिङ् लिदैछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ ।

विशेष योजना अन्तर्गत ये प्रि– बुकिङ सीमित अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : २९ बजे

कर्मचारी सञ्चय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार बढी कार्यालय आबद्ध

काठमाडौं– कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध

‘विद्यालय शिक्षा विधेयकमा शिक्षकको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हैन’

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका-४ का महिला बाँसबाट विभिन्न  कलात्मक सामग्री निर्माणमा

‘कुनै बेला गोल्ड स्टार लाउने गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरवको ब्राण्ड भयो’

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपममासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी 

निःसन्तानपनको समस्या अहिले नेपाल लगायत विश्वमै ठूलो चुनौती बनेको छ