पति हत्याको आरोपमा पक्राउ « Khabarhub

पति हत्याको आरोपमा पक्राउ


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम(पूर्व)मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो ।

शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा पति लुद्रबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

घटनाको खबर पाएलगतै प्रहरीले राति १० बजे नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । प्रहरीले तिलसरादेवीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिए ।

अभियुक्त तिलसरादेवीलाई आज जिल्ला अदालतमा पेश गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ४० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको