विपदमा जुट्न सांसदहरुलाई सभामुख सापकोटाको आग्रह « Khabarhub

विपदमा जुट्न सांसदहरुलाई सभामुख सापकोटाको आग्रह


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बाढी-पहिरोको विपदमा परेका नागरिकहरुको उद्धार, राहत र पुनःस्थापनामा जुट्न सांसदहरुलाई आग्रह गरेका छन् ।

उनले विपत्तिमा परेका नागरिकको यथाशक्य छिटो उद्धार, राहत र पुनःस्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।

“विपदबाट बच्ने उत्तम उपाय जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न, पूर्वसूचना प्रणालीको विकास र यसको उच्चतम् प्रयोग गरी विपदबाट बच्न र क्षतिको न्यूनीकरण गर्न हामीसँग उपलब्ध सबै खाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछु”, उनले जारी गरेको अपिलमा भनिएको छ ।

सरकारकातर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनःस्थापनाका लागि प्रयास भइरहेको उल्लेख गर्दै यस प्रयासलाई गुणात्मकरुपमा बढाउन जरुरी भएको बताइएको छ ।

सभामुख सापकोटाले तयारीलाई तीव्रता दिन, बेपत्ताको खोजी र अवरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मनसुन जारी रहेकाले खासगरी जोखिममा रहेका भूभाग, नदी किनार, कटान तथा डुबान दोहोरिने क्षेत्रमा बसोबास गर्नुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई विशेष सतर्कता अपनाउनसमेत उनले अपिल गरेका छन् ।

सिन्धुपाल्चोकका २० सहित दर्जनौँ नागरिक बेपत्ता छन् । सयौँ घाइते छन् । मृत्यु र बेपत्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ ।

गुल्मी, सङ्खुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, रुकुम पश्चिम, गोर्खा, पर्वतलगायतका हिमाली र पहाडी जिल्लामा बाढी, पहिरा र डुबानका कारण ८०० हाराहारी परिवार विस्थापित हुन पुगेका छन् । तराईका जिल्ला जलमग्न भएका छन् । ती स्थानमा राष्ट्रिय, क्षेत्रीय र ग्रामीण सडक तथा पुलमा क्षति पुगेको छ । निरन्तरको वर्षाका कारण बाढी पहिराबाट एक महिनाभित्र देशका १९ जिल्लाका ८८ जना नागरिकको ज्यान गइसकेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५ स्थित जम्बु, खागदल, भोटकोशीको बुलकुटे, म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिका, कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडा, जाजरकोटको बारेकोट गाउँपालिकामा बाढी र पहिराका कारण जनधनको ठूलो क्षति भएको छ ।

कोभिड–१९ का कारण उत्पन्न यस शताब्दीकै विषम परिस्थितिसँग जुध्दै गर्दा हामीलाई अर्को प्राकृतिक विपत्ति आइपरेको छ । यही असार २४ गते यताको निरन्तरको भारी वर्षाका कारण देशका अधिकांश जिल्लामा बाढी, पहिरो र डुबानले ठूलो मानवीय र भौतिक क्षति हुन पुगेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ४२ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी