रातु खोलाको बाँध भत्किएपछि जलेश्वर जलमग्न (फोटोफिचर) « Khabarhub

रातु खोलाको बाँध भत्किएपछि जलेश्वर जलमग्न (फोटोफिचर)


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – लगातारको वर्षासँगै आएको बाढीले  रातु खोलाको बाँध भत्किँदा महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

बाढी गाउँमा पसेपछि सदरमुकाम जलेश्वर लगायत जलेश्वर नगरपालिकाका आधा दर्जन बढी वस्ती डुबानमा परेका छन्।

रानीरतवाराबाट पानीको बहाव जलेश्वर-९ रमैल, बजराही हुँदै जलेश्वर पसेपछि बस्ती डुवानमा परेको स्थानीयले बताएका छन् ।

बाढीका कारण मनरासिस्वा नगरपालिकामा हालसम्म १० वटा घरमा क्षति पुगेको छ । त्यतै जलेश्वर नगरपालिकामा एउटा र एकडार गाउँपालिकामा १ घरमा क्षति पुगेको छ ।

लगातारको वर्षाले नदी तथा खोलामा पानीक बहाब बढ्दा नदी किनाराका बस्तीहरुसमेत उच्च जोखिममा रहेका छन् ।

त्यसैगरी जलेश्वरसँगै जोडिएको मटिहानी नगरपालिकाको सिमरदही, बहुअर्वा, पासवान टोल लगायतको बस्ती पनि विगही खोलामा आएको बाढीले डुबानमा परेका छन् ।

बाढी वस्तीमा पसेर डुबान भएपनि मानवीय क्षति भने नभएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

बाढीको जोखिम बढेसँगै उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको प्रजिअ कटुवालले जानकारी दिए ।

उनका अनुसार रानी रतवारास्थित भत्किएको तटबन्धमा पानी रोक्ने काममा नेपाली सेनाको टोली खटिएको छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका १९ हजार ७ सय ८८ घर र ८५ हजार मानिस बाढी र डुबानको जोखिममा रहेका छन् ।

बाढी बस्ती पसेसँगै जलेश्वर बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ ।

तस्वीर-शुभम साह

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : ११ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको