अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख नाघ्यो « Khabarhub

अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख नाघ्यो


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको संक्रमण सबैभन्दा धेरै असर परेको अमेरिकामा संक्रमित संख्या ५३ लाख ४ हजार ३६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९२४ संक्रमित थपिएका छन् ।

त्यस्तै २४ घण्टाको अवधिकमा संक्रमित १ हजार ३९५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५८७ पुगेको छ ।

अझै २३ लाख ८१ हजार ६८८ जनामा सक्रिय संक्रमण रहेको छ भने उनीहरुमध्ये १७ हजार ३९९ को अवस्था गम्मीर छ ।

संक्रमित २७ लाख ५५ हजार ८७ जनाले कोरोना जितेका छन् ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ ।

संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ०३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त