१०२ दिनपछि संक्रमित भेटिँदा न्यूजिल्याण्डको ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन « Khabarhub

१०२ दिनपछि संक्रमित भेटिँदा न्यूजिल्याण्डको ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ । १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो।

ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

हालै यात्रा नगरेका एकै परिवारका चारजनामा मंगलबार कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय संक्रमण मुक्त १०२ दिनको क्रम भंग भएको हो न्यूजिल्याण्डमा।

संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजीमा स्थानीय अधिकारीहरु सक्रिय भएका छन्। ओक्ल्याण्डमा बुधबारदेखि लकडाउन लागू भएको छ ।

ओक्ल्याण्डका बासिन्दालाई घरमै बस्न भनिएको छ। ठूलो संख्यामा मानिस भेला हुन पाउने छैनन्, अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने छ र देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम पुनः लागु हुने जनाइएको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा कम प्रभावित अर्थात महामारीमाथि नियन्त्रण पाउन सकेको देशका रुपमा चिनिन्छ न्यूजिल्याण्ड।

त्यहाँ अहिलेसम्म कुल संक्रमितको संख्या १२ सय २० छ भने २२ जनाको कोभिड–१९ बाट ज्यान गएको छ। न्यूजिल्याण्डमा गएको फेब्रुअरीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ३८ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई