कुवेतले ३ लाख ६० हजार आप्रबासी कामदार कटौती गर्ने, धेरै नेपालीको रोजगारी गुम्ने खतरा « Khabarhub

कुवेतले ३ लाख ६० हजार आप्रबासी कामदार कटौती गर्ने, धेरै नेपालीको रोजगारी गुम्ने खतरा



दोहा : कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ ।

यस समितिलाई सामाजिक मामिला मन्त्री र आर्थिक मामिला राज्यमन्त्री मरियम अल-अकीलले प्रतिनिधित्व गरेका थिए भने समितिले यस हप्ताको अन्त्यसम्ममा प्रतिवेदन पेश गर्ने जनाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा कुवेत सरकारले करिव ३ लाख ६० हजार आप्रावासि कामदारहरुलाई हटाउने तयारी गरेको छ । जस्मा अवैधानिक रूपमा बसेका १ लाख २० हजार आप्रबासी श्रमिकलाई हटाउने तयारी गरेको छ ।

यस्तै सीप नभएका १ लाख ५० हजार तथा ६० बर्ष भन्दा माथिका ९० हजार आप्रबासी काममदार रहेको जनाईएको छ । मध्यम र दीर्घकालीन समस्या समाधानका सवालमा जनसांख्यिकीय असन्तुलनलाई सम्बोधन गर्न सरकारले रणनीतिक दिशा निर्देशन र कार्यक्रमहरू तय गरेको जनाएको छ ।

कुवेत सरकारले गरेको यो निर्णयसँगै हजारौ नेपालीको रोजगारी गुम्ने खतरा बढेर गएको छ । कोरोनाका कारण अहिले कुवेतमा धेरै कम्पनी बन्द भएर कतिपय नेपाली विगत लामो समयदेखि स्वदेश फर्किने पर्खाइमा छन् ।

तर नेपाल सरकारले गरेको उद्दार उडानमार्फत धेरै नेपाली फर्किए पनि वास्तविक पिडित तथा पैसा नहुने अधिकाम्स नेपाली श्रमिक अझै कुवेतमै छन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : १३ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका