कोरोनाविरुद्धको रुसी भ्याक्सिनको माग ह्वात्तै बढ्यो « Khabarhub

कोरोनाविरुद्धको रुसी भ्याक्सिनको माग ह्वात्तै बढ्यो


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग ह्वात्तै बढेको छ ।

रुसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी अनुसार विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन ।

ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन । दमित्रिवेका अनुसार केही मुलुकसँग सम्झौता पनि भैसकेको छ ।

अधिक मात्रामा माग भैरहेको भ्याक्सिनको अधिक उत्पादन बारे दमित्रिवेले भने, “हामी हाम्रा सहयोगी मुलुकहरुसँग मिलेर विभिन्न ५ मुलुकमा भ्याक्सिन उत्पादनको काम गर्नेछौं । यसबाट हरेक बर्ष ५० करोड डोज तयार हुनेछ ।”

भ्याक्सिनको अधिक भन्दा अधिक डोज उत्पादन गर्ने विषयमा बोल्ने क्रममा किरिलले, गुणस्तरीय र सुरक्षित भ्याक्सिन ‘स्पुतनिक भी’ लगाएर मानवीय जीवन बचाउन विश्व समुदायलाई आग्रह पनि गर्न भ्याए ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोले बताए अनुसार भ्याक्सिनको असर दुई बर्षसम्म रहनेछ । अर्थात खोप लगाएको २ बर्षसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिन्छ ।

रुसी उपप्रधानमन्त्री तात्याना गोविकोवाले बताए अनुसार यो भ्याक्सिन यहि महिनादेखि चिकित्सकहरुलाई लगाउन सुरु गरिनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ३९ बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान