कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको निधन


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । होटेल रामाका सञ्चालकसमेत रहेका गिरीको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । पारिवारिक स्रोतका अनुसार उनको मंगलवार राति १२ बजे मृत्यु भएको हो । अस्पतालले भने यसबारेमा अझै पुष्टि गरेको छैन ।

उनी मुटुसम्बन्धि रोग र उच्च रक्तचापबाट पीडित थिए । जनकपुरधाममा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

पछिलो तीन सातादेखि उनले राजधानीको अस्पतालमा उपचार गराइरहेका थिए । ७२ वर्षीय गिरी वि.सं. २०४२ सालदेखि २०४६ सम्म जनकपुरका मेयर बनेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ५९ बजे

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

ढोरपाटन– बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने

कविता : आमा

मेरो दूधको पहिलो थोपा तिमी मेरो बोलाइको पहिलो शब्द तिमी

ओलीको टिप्पणी- जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य

चन्द्रौटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

काठमाडौं– बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु– रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम