कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको निधन « Khabarhub

कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको निधन


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । होटेल रामाका सञ्चालकसमेत रहेका गिरीको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । पारिवारिक स्रोतका अनुसार उनको मंगलवार राति १२ बजे मृत्यु भएको हो । अस्पतालले भने यसबारेमा अझै पुष्टि गरेको छैन ।

उनी मुटुसम्बन्धि रोग र उच्च रक्तचापबाट पीडित थिए । जनकपुरधाममा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

पछिलो तीन सातादेखि उनले राजधानीको अस्पतालमा उपचार गराइरहेका थिए । ७२ वर्षीय गिरी वि.सं. २०४२ सालदेखि २०४६ सम्म जनकपुरका मेयर बनेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ५९ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र