नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार « Khabarhub

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ ।

दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।

आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा आफैं लिने गरेपछि उनले आफू फसेको महसुस गरेकी थिइन् ।

स्वदेश फिर्तापछि ती महिलालाई हाल होम क्वारेन्टिनमा राखिएको छ ।

आफन्त नेपालका परामर्शकर्ता तथा उनको स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न लक्ष्मी विष्टका अनुसार उनको मानसिक स्थिति बिग्रिएको छ ।

उनका अनुसार थुप्रै औषधि प्रयोग गराइरहँदा मानसिक स्थिति बिग्रिएको देखिन्छ । तसर्थ उनलाई थप परामर्श र मायाको खाँचो छ । यसमा आफन्त र आफ्नो परिवारको भूमिका निकै महत्वपूर्ण भएकोले छिटोभन्दा छिटो परिवारको जिम्मा लगाइएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १ : ०७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि