वरिष्ठ पत्रकार बलराम बानियाँ मृत भेटिए « Khabarhub

वरिष्ठ पत्रकार बलराम बानियाँ मृत भेटिए


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्तिपर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । साउन २६ (सोमवार) गते ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत परियोजना क्षेत्रमा फेला परेको हो ।

सोमवार बानियाँ घर जाने क्रममा बल्खु खोलाको पुलमुनितर्फ लागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बानियाँको शव भेटिएको पुष्टि गरे ।

सोमवारदेखि हराएका बानियाँको खोजी गरिदिन परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । खोजीका क्रममा बल्खुमा उनको जुत्ता फेला परेको थियो ।

स्थानीयका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा हिलोमा अड्किएको र खोलाको पानीमा लडेका थिए । पानीको बढ्दो बहाबले गर्दा स्थानीयले उद्धार गर्न खोज्दा पनि सफल भएका थिएनन् ।

प्रहरीले बानियाँ बल्खु खोलामा लडेको र उनको शव खोलाले बगाएर मकवानपुर पुर्‍याएको बताएको छ । उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  २ : १९ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक