फेसबुकबाट इस्लामिक धर्मगुरूको अपमान गरेको भन्दै भारतको बेंगलुरूमा हिंसा, ३ जनाको मृत्यु « Khabarhub

फेसबुकबाट इस्लामिक धर्मगुरूको अपमान गरेको भन्दै भारतको बेंगलुरूमा हिंसा, ३ जनाको मृत्यु


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकबाट इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरिएको भन्दै भारतको बेंगलुरूमा हिंसा भड्किएको छ ।

फेसबुकमा आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्ति पुलिकेशिनगरस्थित कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका आफन्त भएको भन्दै मुस्लिम समुदायका व्यक्तिहरूले उनको घरअघि पनि प्रदर्शन गरेका थिए ।

त्यहाँ उनीहरूले सवारीसाधनमा आगजनी गर्दै प्रहरीमाथि पनि ढुंगा प्रहार गरेपछि प्रहरीले मंगलबार राति गोली चलाउँदा तीन जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरीले आरोप लागेका ती व्यक्ति र ११० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीहरूले एउटा प्रहरी चौकीमा पनि आक्रमण गरेका छन् ।

मङ्गलवार राति भएको घटनामा ६० जनाभन्दा बढी सुरक्षाकर्मीहरू घाइते भएको बेंगलुरूका आयुक्त कमल पन्तले बताएका छन्। हिंसा भड्किएपछि त्यहाँ कर्फ्यू आदेश जारी गरिएको थियो।

कर्णाटक राज्यका गृहमन्त्रीले उक्त घटनामा मानवीय क्षति भएको पुष्ट गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार फेसबुकबाट उक्त सामग्री मेटिएको छ।

 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  २ : ५४ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका