आज ४८४ कोरोना संक्रमित थपिए, ६४ डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज ४८४ कोरोना संक्रमित थपिए, ६४ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ भने क्वारेन्टाइनमा रहेकाहरुको संख्या १४ हजार ८४६ रहेको छ ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिरहाका १०, धनुषाका ३९, महोत्तरीका ४४, गोर्खाका २, नुवाकोटका २, सर्लाहीका ६, बैतडीका २, चितवनका १५, तनहुँका २, बाराका १५, मकवानपुरका १६, दोलखाका २, काभ्रेका ५, कैलालीका ३ र पर्साका ३ जनामा कोरोना पुष्टि छ।

यस्तै सिन्धुलीका २, बाँकेका १, दाङका १, ओखलढुङ्गाका १, रामेछापका १, जाजरकोटका १, कपिलवस्तुका १, खोटाङका १, पाल्पाका १, धादिङका २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी कास्कीका १३, स्याङ्जाका ६, अर्घाखाँचीका ३, रुपन्देहीका ८, रुकुमका ३, सल्यानका १, सुर्खेतका १८, दैलेखका ४, डोटीका २, दार्चुलाका ५ र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

सक्रिय संक्रमित कुन प्रदेशमा कति ?

प्रदेश नं १ मा ६ सय १४ जना

प्रदेश नं २ मा ३ हजार ४ सय ५७ जना

बाग्मती प्रदेशमा १ हजार ५ सय २४ जना

गण्डकी प्रदेशमा २ सय ४७ जना

प्रदेश नं ५ मा ६ सय ५७ जना

कर्णाली प्रदेशमा २ सय २० जना

सुदूरपश्चिम प्रदेशमा ८ सय ९४ जना

२४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। हालसम्म ६८.४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म डिस्चार्ज हुनेहरुको संख्या

प्रदेश १ – १०४५

प्रदेश २ – ३४१७

वागमती प्रदेश – ६२५

गण्डकी प्रदेश – १४८७

प्रदेश ५ – ४१९४

कर्णाली प्रदेश – १९०२

सुदुरपश्चिम प्रदेश – ४०५८

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ पुगेको थियो । आज थप ८ जनाको मृत्यु पुष्टि भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ५१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको