पहिरोका कारण भूमेका सात घर उच्च जोखिममा « Khabarhub

पहिरोका कारण भूमेका सात घर उच्च जोखिममा


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व – भूमे गाउँपालिका–७ भित्रिवनका सात घर पहिराको उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण भित्री वनका धनिमान केसी, मनोज ओली, कर्मु ओली, भीमबहादुर डाँगी, राजेन्द्र रोका, बखत रोका र कलमसिं बिसीको घर पहिराको उच्च जोखिममा परेको वडाध्यक्ष धनमान रोका मगरले जानकारी दिए ।

यही साउन १९ गतेदेखिको अविरल वर्षाका कारण घरमुनि बाट पहिरो झर्दा ती घर उच्च जोखिममा रहेका वडाध्यक्ष रोकाले बताए ।

सात घरमध्ये बखत रोका र भीमबहादुर डाँगीका परिवार भने सुरक्षित ठाउँमा बसाइँ सरेका छन् । उक्त जोखिम क्षेत्रको वडाध्यक्ष रोकाले पनि स्थलगत अनुगमन गरेका छन् ।

भित्री वनमा कमजोर माटो भएका कारण वर्षा हुने बित्तिकै पहिरो खस्ने समस्या हुने गरेको छ । यसैगरी हावाहुरी र पहिराले गर्दा वडाका लाबाङ, भित्रीवन, डाङरिबाङ, रिसललगायत ठाउँमा लगाइएको मकै बालीमा पनि क्षति पुगेको छ ।

हावाहुरी र पहिराले वडाको कुन ठाउँमा के कति क्षति भएको छ भनेर विवरण सङ्कलन भइरहेको वडाध्यक्ष रोकाले बताउनुभयो । हाल उक्त वडामा कृषि सडकसहित दाङ, रोल्पा, पुथा शहीद मार्ग खण्डको सडकमा पहिरो झर्र्दा पूर्ण रुपले सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ५४ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा