धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि « Khabarhub

धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ ।

स्टकका अनुसार आज कूल १८८ कम्पनीका ३० लाख ३२ हजार ३११ कित्ता शेयर रु ९५ करोड १९ लाख ६० हजार २०८ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ३.८१ अङ्कले बढ्दा होटल ०.७४, निर्जीवन बीमा ३९.०८, उत्पादन ०.३१, जीवन बीमा ६.७७ र सामूहिक लगानी कोष ०.०९ अङ्कले बढे । यस्तै व्यापार ४.९३ अङ्कले घट्दा विकास बैंक १०.८३, जलविद्युत् ३.३४, वित्त ४.४२, अन्य १.५१ र लघुवित्तको शेयर ६.७४ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा आज युनाइटेड इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीका शेयर रु छ करोड २० लाख ७३ हजार ४७९ मा खरिदबिक्री भए ।

यस्तै नेपाल पुनर्बीमा कम्पनी रु छ करोड तीन लाख ८१ कजार ४४४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ७८ हजार २५ लाख ७३८, एनआइसी एसिया बैंक रु तीन करोड ८७ लाख ५० हजार ४६८, अजोड इन्सुरेन्स रु तीन करोड २७ लाख ५६ हजार ३१९, प्रभु इन्सुरेन्स रु तीन करोड छ लाख ९४ हजार ८९९, शिखर इन्सुरेन्स रु तीन करोड एक लाख ९६ हजार ६२७, एसियन लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ६० लाख ११ हजार ३९३, नेपाल बैंक रु दुई करोड ५५ लाख १८ हजार ५२८ र हिमालयन डिष्टिलरीको रु दुई करोड ५२ लाख १५ हजार १०५ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

आज सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रोपावर ९.२६, आइएमई जनरल इन्सुरेन्स ३.५६, युनाइटेड इन्सुरेन्स २.९८, नेपाल बङ्गलादेश बैंक २.९६, युनाइटेड फाइनान्स २.६९, प्रभु इन्सुरेन्स २.६३, ओरियन्टल होटल २.६, नाग्दी ग्रुप पावर २.५६ र सानिमा माई हाइड्रोपावरका शेयरधनीले २.१९ प्रतिशतले कमाए ।

युनियन हाइड्रोपावरका शेयरधनीले ६.४५ प्रतिशतले गुमाउँदा आँखुखोला जलविद्युत् कम्पनी ५.५६, नेपाल फाइनान्स ४.३५, गुह्वेश्वरी मर्चेन्ट बैंक ३.९१, गुराँस लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स सामान ३.८५/३.८५, मिथिला लघुवित्त वित्तीय संस्था ३.८०, अजोड इन्सुरेन्स ३.७२, बरुण हाइड्रोपावर ३.५३ र छयाङ्दी हाइड्रोपावरका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ५७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई