दाहसंस्कारपछि मात्रै कोरोना पुष्टि, एक सय बढी थिए मलामी « Khabarhub

दाहसंस्कारपछि मात्रै कोरोना पुष्टि, एक सय बढी थिए मलामी


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा एक महिलाको दाहसंस्कार भइसकेपछि मात्र कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्तन क्यान्सर र मिर्गौला सम्बन्धी समस्या भएर उपचार गराइरहेकी एक महिलाको २ दिनअघि मृत्यु भयो। शुक्रबार पोखरा सेती नदीमा दाहसंस्कार गरिएकी ती महिलामा कोरोना भाइरस संक्रमणसमेत रहेको शनिबार मात्र पुष्टि भएको छ ।

पर्यटन व्यवसायी , राजनीतिज्ञ र समाजसेवी लगायत एक सय जना भन्दा बढी व्यक्ति उनको मलामी गएका थिए ।

मृतक महिलामा कोरोना रहेको पुष्टि भएपछि अस्पतालका ४ स्वास्थ्यकर्मी र मलामीहरु अहिले क्वारेन्टाइनमा बसेका छन् ।

पोखरा ५ पस्र्याङ बस्ने ४५ वर्षे महिलाको स्वास्थ्यमा समस्या भएपछि परिवारले बुधबार फिस्टेल अस्पताल लगेको थियो। सिकिस्त हुँदै जाँदा उनलाई बिहीबार आइसियूमै भर्ना गरिएको अस्पतालले जनाएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले स्वाब लिइसकेको व्यक्तिको शव परिवारलाई बुझाउनु मनपरी भएको बताएका छन् ।

नमुना परीक्षण किन नगरिएको, स्वाब लिएपछि शव किन परिवारलाई हस्तान्तरण गरिएको र रिपोर्टका लागि एक दिन किन कुर्न नसकेको भन्ने लगायतका उनले प्रश्न गरेका छन्।

ती महिलाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशमा २४ जना पुगेका छन्।

शनिबार मात्रै पोखरामा ८५ वर्षे पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको छ । उनी स्याङ्जाको पुतलीबजारका बासिन्दा हुन्।

क्षेत्रीय अस्पतालमा ज्यान गुमाउने उनी दसौं व्यक्ति हुन्। मृत्यु भएका १० जनामध्ये पोखराकै चाहिँ ६ जना छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : ०६ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल