यी हुन् चाँया हटाउने घरेलु उपाय « Khabarhub

यी हुन् चाँया हटाउने घरेलु उपाय


२७ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।
गर्मी समयमा भन्दाबढि जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ । तर कतिपयलाई गर्मी मौसममा पनि चायाँले सताएर हैरान भएको पाइन्छ ।

टाउकोमा परेको चायाँको असर अनुहारमा पनि पर्ने भएकाले मानिसहरु आफ्नो सौन्दर्यका लागि निकै चिन्तित हुन्छन्  ।चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्-

  • एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ हट्दै जानेछ ।
  • कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चायाँ हट्छ ।
  • अमला र रिट्ठा मिसाएर टाउकोमा लगाउने र यसको दुई घन्टापछि धुने गरेमा पनि चायाँ हट्छ ।
  • नुहाउनुभन्दा एक घन्टा अगाडी संधै कागतीको रसले टाउको मालिस गरेमा पनि केही हदसम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
  • प्रयोग गरेका ब्रस, तकिया, काईंयो, सिरानी सकेसम्म प्रयोग नगर्ने ।
  • काँचो अण्डा फुटाएर एक घण्टा जति कपालमा राम्रोसँग दलेर त्यतिकै रहन दिने । त्यसपछि त्यसलाई पखाल्ने । त्यसपछि हल्का सेम्फु प्रयोग गर्न सकिन्छ ।
  • अण्डासँगै मरिच र दही मिसाएर कपालमा लगाउने र १५ मिनेट पछि पखाल्ने ।
  • धूलो र अत्याधिक घाममा हिँड्दा टाउको छोप्ने ।

 

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १२ : १६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल