रोल्पामा पहिरोले पुरिँदा दुई बालकको मृत्यु « Khabarhub

रोल्पामा पहिरोले पुरिँदा दुई बालकको मृत्यु


२७ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- घर माथिबाट आएको पहिरोले पुर्दा रोल्पामा दुई बालकको ज्यान भएको छ ।

पूर्वी रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ पाङको ऐपेका ज्ञानसिंह घर्तीमगरको गोठमा राति १२ बजेतिर गोठमाथिबाट खसेको पहिरोले सुतिरहेका ११ वर्षीय युवराज घर्ती र ८ वर्षीय अमर घर्तीमगरको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

उनीहरुसंगै सुतेकी ५० वर्षीय हजुरआमा घाइते भएकी छिन् भने आमा नन्नकली घर्तीको अवस्था सामन्य रहेको छ । मृतक बालकका बुवा ज्ञानसिंह विगत ८ वर्षदेखि भारत भएको र सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।

आर्थिक समस्याका कारण जोखिममा उनीहरुको परिवारमा आवश्यक राहतका लागि वडा, गाउँपालिका र जिल्ला समन्वय भइरहेको वडा अध्यक्ष मति पुनले बताए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ११ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका