रोल्पामा पहिरोले पुरिँदा दुई बालकको मृत्यु « Khabarhub

रोल्पामा पहिरोले पुरिँदा दुई बालकको मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- घर माथिबाट आएको पहिरोले पुर्दा रोल्पामा दुई बालकको ज्यान भएको छ ।

पूर्वी रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ पाङको ऐपेका ज्ञानसिंह घर्तीमगरको गोठमा राति १२ बजेतिर गोठमाथिबाट खसेको पहिरोले सुतिरहेका ११ वर्षीय युवराज घर्ती र ८ वर्षीय अमर घर्तीमगरको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

उनीहरुसंगै सुतेकी ५० वर्षीय हजुरआमा घाइते भएकी छिन् भने आमा नन्नकली घर्तीको अवस्था सामन्य रहेको छ । मृतक बालकका बुवा ज्ञानसिंह विगत ८ वर्षदेखि भारत भएको र सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।

आर्थिक समस्याका कारण जोखिममा उनीहरुको परिवारमा आवश्यक राहतका लागि वडा, गाउँपालिका र जिल्ला समन्वय भइरहेको वडा अध्यक्ष मति पुनले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : ११ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने