खुकुरी प्रहार गरी महिलाको हत्या | Khabarhub Khabarhub

खुकुरी प्रहार गरी महिलाको हत्या


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान एक महिलाको हत्या भएको छ ।

सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । मादकपदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट सख्त घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।

महिलालाई खुकुरी प्रहार गरेर जङ्गलतिर फरार भएका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : २५ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै