चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको चीनको दाबी « Khabarhub

चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको चीनको दाबी


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको दाबी गरेको छ ।

‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीका जनता गरीबीबाट मुक्त भएका चीनको गरीबी तथा जनसङ्ख्या ब्यूरोको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।

चालु वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मूलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूले बताएका छन् ।

‘तेह्रौँ पञ्चवर्षीय योजना’ को अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएका ब्यूरोको दावी छ ।

तथ्याङ्क अनुसार गरीबी जनसङ्ख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ ।

आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ भने चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैँमा गरीबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ ।

चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रमअन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० बर्ष अघि नै पूरा गर्दैछ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : २५ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच