चितवनमा थप एक संक्रमितको मृत्यु, ५५ जनामा संक्रमण « Khabarhub

चितवनमा थप एक संक्रमितको मृत्यु, ५५ जनामा संक्रमण


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पतालमा कोरोना संक्रमित  वेवारिसे महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

 थप ५५ कोरोना संक्रमित

चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितवन बाहिरका छन् ।

संक्रमित हुनेहरू ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्म छन् ।

भरतपुर अस्पतालले आइतबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १८ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तिका १ पुरूष, खैरहनीका ३ पुरूष, रत्ननगरका १ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

कालिकाका १ महिला र १ पुरूषमा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै पर्साका ६ पुरूष, मकवानपुर र तनुहँका १/१ पुरूष र सर्लाहीकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : २५ बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ