सुनसरीका संक्रमितको विराटनगरमा मृत्यु « Khabarhub

सुनसरीका संक्रमितको विराटनगरमा मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सुनसरीका एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार बिहान ६:५० बजेतिर मृत्यु भएको हो ।

उनको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आइतबार साँझ नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक पुरूषमा मृगौला सम्बन्धी पूरानै समस्या पनि रहेको दाहालले जानकारी दिए ।

योसँगै नोबेल अस्पतालमा हालसम्म नौ संक्रमितको मृत्यु भएको दाहालले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : २५ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व