सीमा विवादबारे भारत-चीनबीच आज वार्ता « Khabarhub

सीमा विवादबारे भारत-चीनबीच आज वार्ता


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीनबीच आज सीमा विवादबारे वार्ता हुँदैछ ।

पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि आज (सोमबार) दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुन लागेको भारतीय दैनिक पत्रिका द टाइम्स अफ इण्डियाले जनाएको छ।

सीमा वार्तामा पहिलोपटक चीनका कूटनीतिक प्रतिनिधि पनि सहभागी हुँदैछन् ।वार्तामा चीनको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने जनाइएको छ।

यसअघि गत सेप्टेम्बर २१ मा भएको छैटौं चरणको वार्तामा भारतका तर्फबाट एक वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वीएसिया) नवीन श्रीवास्तव सहभागी भएका थिए।

गत जुन १५ मा पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सैनिक मारिएका थिए। चीनतर्फ के कति क्षति भयो केही पनि खुलाइएको छैन।

त्यसयता पनि पूर्वी लद्दाख दुई देशका सेनाबीच तनाव बढ्दै गएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : ३८ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको