हत्केलाको कुन रेखाले के संकेत गर्छ ? « Khabarhub

हत्केलाको कुन रेखाले के संकेत गर्छ ?


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हत्केलामा विभिन्न रेखा, चिन्ह वा आकृती बनेका हुन्छन् । जसको सम्बन्ध व्यक्तिको भाग्य, धन र ऐश्वर्यसँग समेत रहने गरेको छ ।

यदि कुनै ब्यक्तिको हत्केलामा जहाँ बुध वा शनि पर्वत बनेको हुन्छ त्यहा तराजूको निशान भए यस्ता ब्यक्तिले कहिल्यै धनको अभाव बेहोर्नु पर्दैन । यस्ता ब्यक्तिले आफ्नो जीवनकालमा निकै सफलता र धन कमाउने मान्यता छ । यस अलावा यस्ता ब्यक्तिको समाजमा राम्रो प्रतिष्ठा हुने गर्दछ ।

हत्केलामा शुक्र पर्वतको अत्यधिक महत्व रहने गर्दछ । शुक्र पर्वत राम्रो भए व्यक्तिले सबै सेवा, सुविधायुक्त आरामदायी जीवन बिताउने मान्यता रहेको छ । शुक्र पर्वतबाट निस्किएको कुनै रेखा सीधै सूर्य पर्वतमा पुगेर मिलेको छ भने यसलाई अझ शुभ फलदायी र भाग्यमानी मानिन्छ । यस्ता ब्यक्तिले राजयोग बराबरको सुख प्राप्त गर्दछन् ।

यदि कुनै ब्यक्तिको हत्केलामा मणिबन्धबाट निस्किएको रेखा एकदम स्पष्ट र सीधा शनि पर्वतमा पुगेको छ भने यस्ता ब्यक्ति भाग्यशाली र सफल मानिन्छन् । यस्ता ब्यक्ति धनवान् हुने मान्यता रहेको छ ।

जसको हत्केलामा अनामिका औलाबाट निस्किएको रेखा चन्द्र पर्वतमा मिसिएको छ भने यस्ता ब्यक्ति भाग्यशाली र धनी हुने मान्यता रहेको छ । यस्ता ब्यक्ति उपर देवी लक्ष्मीको कृपा रहने मान्यता छ ।

यदि मणिबन्ध जसलाई भाग्य रेखा समेत भनिन्छ यहाँबाट कुनै रेखा निस्किएर शनि पर्वतका अलावा बुध पर्वतमा मिसिएकोा छ भने यस्ता ब्यक्ति अत्यन्त भाग्यशाली मानिन्छन् । यस्ता ब्यक्ति ब्यापारमा सफल र समाजमा प्रतिष्ठित मानिन्छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ०२ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि