टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि « Khabarhub

टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागि धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ ।

ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दै कम्पनीले धार्केमा टाटा गाडीको सर्भिस सेवा सुचारु गरेको छ ।

सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाको अनुसार गाडी बेच्नु मात्र नभएर बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढिरहेको छ ।

‘सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्री पश्चातको सेवालाई उच्च प्राथमिकता दिँदै आइरहेको छ र यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । र हामीलाई आशा छ यो सर्भिस सेन्टरले यो राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजता प्रदान गर्ने छ,’ कम्पनीले भनेको छ ।

यसका साथै राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एस्सीस्टेन्स्को मोबाइल वर्कसपबाट सेवा प्रदान गर्दै नै आइरहेको छ । जसअन्तर्गत २४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन नेपाल टेलिकम भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा एक कल फोन गर्दा समस्याको छिटोभन्दा छिटो समाधान पाइन्छ ।

धार्के वर्कशपमार्फत ग्राहकहरुले टाटा कमर्सियल गाडीहरुको सम्पूर्ण सर्भिस तथा मर्मत सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : ४६ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान