भिसाको म्याद सकिएकाबाट यूएईले लिन थाल्यो जरिवाना « Khabarhub

भिसाको म्याद सकिएकाबाट यूएईले लिन थाल्यो जरिवाना



दोहा- यूएईमा म्याद सकिएर बसेकाहरुले जरिवाना तिर्न पर्ने भएको छ ।

यूएई सरकारले जुलाई १० मा घोषणा गरेको तीन महिनाको समयावधि अक्टोबर ११ अर्थात् आइतवार समाप्त भएपछि जरिवाना लिन थालेको हो ।

यूएईका इमिग्रेसन अधिकारीहरूका अनुसार एमिरेट्स आईडी कार्डहरूमा उल्लेखित समयावधी समाप्त भएकाहरूले देश छोड्नु अघि वा भिसा नवीकरण गर्नुअघि जरिवाना तिर्नु पर्नेछ।

निवास भिसाका लागि पहिलो दिनको लागि १२५ दिराम र  त्यसपछि दोश्रो दिनदेखि दैनिक २५ दिरामको दरले जरिवाना तिर्नु पर्ने जनाएको छ ।

यदि एक व्यक्ति ६ ​​महिनाभन्दा बढी बस्यो भने दैनिक ५० दिरामसम्म तिर्नु पर्ने  र एक बर्षपछि यो म्याद सकिए यूएईमा बिताएको प्रत्येक दिनवापत १०० दिरामसम्म जरिवाना तिर्नु पर्ने गल्फ न्यूजले जनाएको छ ।

भिसा जुलाई ११ पछि समाप्त भयो भने के हुन्छ ?

यदि तपाईंको भिसा ११ जुलाईपछि समाप्त भएको छ भने तपाईं विशेष तीन-महिना अनुग्रह अवधि अन्तर्गत पर्दैन । तपाइँलाई भिसा नविकरण गर्न केवल सामान्य ३० दिनको अवधि पछि समाप्त हुने अनुमति छ ।

यस अवस्थामा जरिवाना एक महिनाको अवधि पछि सुरु हुनेछ । यदि तपाइँको भिसा जुलाई १२ मा समाप्त भयो भने तपाईसँग भिसा नवीकरण गर्न अगस्ट ११ सम्म मात्र समय थियो ।

यदि भिसा मान्य छ र युएई बाहिर भए के हुन्छ ?

दुबईको विदेश मामिला तथा रेसिडेन्सीको जनरल डाइरेक्टरेटका एक उच्च अधिकारीका अनुसार वैध रेसिडेन्सी भिसा भएकाहरु १८० दिन वा ६ महिनासम्म बाहिर बसेकाले अझै यूएई फर्किन सक्ने छन् ।

यदि दुबई निवासी भए आइसीएसँग आफ्नो भिसा वैधता र फिर्ताको सम्भावनाको लागि परीक्षण गर्नु पर्ने जनाइएको छ ।

के नयाँ रोजगार भिसा पाईन्छ ?

यूएईले अक्टोबर अन्तिम सम्म नयाँ रोजगार भिसा जारी गर्न अनुमति दिएको थिएन ।

यद्यपि त्यस देशले कामका लागि परमिट र नयाँ भिसा प्रदान गर्न सुरु गरेको केही खास क्षेत्रहरूमा भिसा पाइने छ ।

अत्यावश्यक क्षेत्रहरूमध्ये एउटामा रोजगार पाइने र आवश्यकता अनुसार रोजगारदाता कम्पनीले नयाँ भिसा दिने जनाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : ४८ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका