प्रभासको फिल्ममा अजयको इन्ट्री, शिवको भूमिका निभाउँदै « Khabarhub

प्रभासको फिल्ममा अजयको इन्ट्री, शिवको भूमिका निभाउँदै


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण फिल्म उद्योगका सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ पुनः एकपटक चर्चामा आएको छ । उक्त फिल्ममा भारतीय अभिनेता अजय देवगनको इन्ट्री भएको छ ।

केही समयअघि निर्देशक ओम राउतले सैफ अली खानले लंकेशको भूमिका निभाउने बताएका थिए ।

खबरका अनुसार, अजय देवगन यो फिल्ममा भगवान् शिवको भूमिका निभाउने छन् । यसअघि अजयले ओम राउतसँग फिल्म ‘तान्हाजी’ मा काम गरेका थिए ।

‘आदिपुरुष’ मा अजय अनुबन्ध भएकोबारे औपचारिक घोषणा भने गरिएको छैन । भारतीय मिडियाहरुले स्रोतको हवाला दिँदै यसबारेमा लेखेका छन् ।

यो फिल्ममा प्रभावले भगवान् रामको भूमिका निभाउँदैछन् । फिल्मको शूटिङ सन् २०२१ बाट शुरु हुने चर्चा छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : २८ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको