चीनको हस्तक्षेप बढेपछि हङकङमा राजनीतिक संकट, सांसहरूले गरे सामूहिक राजीनामाको घोषणा | Khabarhub Khabarhub

चीनको हस्तक्षेप बढेपछि हङकङमा राजनीतिक संकट, सांसहरूले गरे सामूहिक राजीनामाको घोषणा


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सुरक्षा कानून कार्यान्वयनमा ल्याएसँगै चीनले हङकङमा बढाएको हस्तक्षेपपछि राजनीतिक संकट चुलिदै गएको छ ।

लामो समयदेखि हङकङमा भइरहेको प्रदर्शनलाई लक्षित गर्दै गत जुनमा नयाँ सुरक्षा कानून कार्यान्वयन गरेको चीनको निसानामा अहिले सांसदहरू पनि परेका छन् ।

राष्ट्रिय सुरक्षामा आघात पुर्‍याएको भन्दै चार जना सांसदलाई चीनले निस्कान गर्ने जनाएसँगै लोकतन्त्र समर्थक सांसदहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

बेजिङले राष्ट्रिय सुरक्षामा आघात गर्ने राजनीतज्ञहरुलाई निष्कासन गर्ने निर्णयसंगै उनीहरुलाई अयोग्य बताएको हो ।

यस घटनालाई चीनले हङकङको स्वतन्त्रामा प्रतिबन्ध लगाउन गरिएको नयाँ कदमको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।

सो घटनालगत्तै लोकतन्त्र समर्थक सांसदहरुले त्यसको विरोधमा सामूहिक राजिनामाको घोषणा गरेका हुन् ।

चीनको नेसनल पिपुल्स कांग्रेस कमिटिकf अनुसार, चीनको राष्ट्रिय सुरक्षा नीतिमा खतरा भए जो कोहीलाई कारबाही गरिन्छ ।

हङकङको स्वतन्त्रताको पक्षमा तथा चीनको सार्वभौमिकताविरुद्धमा गएमा सांसदहरुलाई पनि कारबाही गरिने नयाँ कानूनमा उल्लेख छ ।

यस्तै, विदेशी सहयोगमा आन्तरिक निर्णय भएमा पनि कारवाही गर्ने नीति अन्तर्गत चीनले हङकङ सरकारलाई सांसदहरु निष्कासन गर्न सक्ने जनाइएको छ ।

सोही नीति बमोजिम हङकङको स्वतन्त्रताको पक्ष लिएका सांसदहरू एल्भिन युंग, वोक का-कि, सिभिक पार्टीका डेनिस वोक र केनेथ लुंगलाई चीनले अयोग्य भन्दै निष्काशन गर्ने निर्णय गरेको हो ।

उनीहरुले राजीनामा नदिए सार्वजनिक रुपमा अयोग्य भन्दै पदबाट हटाइने चेतावनी दिइएपछि लोकतन्त्र समर्थक १९ सांसदले सामूहिक राजीनामा दिएका हुन् । हङकङको संसदमा ७० सिट छ ।

सन् १९९७ सम्म वेलायतको उपनिवेशमा रहेको हङकङ त्यसपछि चीनको नियन्त्रणमा छ । विशेष प्रशासनिक क्षेत्र भएको कारण हङकङको आफ्नै कानूनी व्यवस्था, एक भन्दा अधिक राजनीतिक दलहरु र अधिकारहरु कायम छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ५ : ५० बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो