कोरियाली राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्ने « Khabarhub

कोरियाली राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्ने


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसैसाता अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्ने भएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै नेताबीच फोनमा कुराकानी गर्न समय मिलाउन लागिएको जनाएको छ ।

दुबै नेताबीच द्वीपक्षीय मामिलाका विविध विषयका साथै कोरियाली प्रायःद्वीपको शान्ति प्रक्रियाको प्रयास, आर्थिक तथा अन्य क्षेत्रको विस्तार, जलवायु परिवर्तनका बारेमा कुराकानी हुनेछ ।

राष्ट्रपति मूनले आइतबार राष्ट्रपति–निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति–निर्वाचित कमला ह्यारिस दुबैलाई ट्वीटर मार्फत बधाई दिएका थिए ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : २४ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले