कलंकीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

कलंकीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  क‌लंकीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान साढे ३ बजेतिर भएको दुर्घटनामा मृत्यु भएका तीनै जना कुखुरा बोकेको ट्रकमा सवार थिए ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र २७ वर्षीय भूपेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ७ : ४० बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले