रोन क्लाइन बाइडेनका प्रमुख प्रबन्धकमा मनोनित « Khabarhub

रोन क्लाइन बाइडेनका प्रमुख प्रबन्धकमा मनोनित


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन – संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारीमा बाइडेनले लामो समयदेखि सल्लाहकारका रुपमा कार्यरत रोन क्लाइनलाई छनौट गरेका हुन् । रोन क्लाइनलाई ह्वाइट हाउसको कार्यव्यवस्था बारे निकै लामो अनुभव छ ।

क्लाइनले सन् २०१४ मा इबोला सम्बोधन सम्बन्धी ह्वाइट हाउसमा संयोजकको भूमिका पनि निर्वाह गरेका थिए । तर यसपटक कोरोनाभाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएको र यसबाट अमेरिका सर्वाधिक प्रभावित रहेको अवस्थामा क्लाइनले ह्वाइट हाउसमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

विभक्त अमेरिकी राजनीति र सिनेटमा डेमोक्रेट अल्पमतमा परेको अवस्थामा सबै पक्षबीच सन्तुलन कायम गरी जल्दाबल्दा समस्या सुल्झाउनु पर्ने चुनौती छ ।

बाइडेनले अहिले अमेरिकी समाजमा उत्पन्न संकटको घडीमा क्लाइन जस्ता अनुभवी र क्षमतावान व्यक्तिले सबै पक्षबीच सन्तुलन कायम गरी कार्य गर्न सफलता प्राप्त गर्ने विश्वास गरेका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालको समयमा क्लाइनले बाइडेनको प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा सेवा गरेका थिए ।

१९९० को मध्यतिर तत्कालीन उपराष्ट्रपति अल गोरको पनि उनी प्रमुख प्रबन्धक थिए । पछिल्लो समय बाइडेनको चुनावी अभियानका उनी प्रमुख सल्लाहकारमध्ये एक थिए ।

सन् १९८७ को डेमोक्रेट पार्टीका तर्फबाट राष्ट्रपतीय अभियानको समयदेखि नै बाइडेनसँग निकट रहेर क्लाइनले काम गरेका छन् ।

क्लाइनको नियुक्तिले बाइडेन प्रशासनले काम थाले लगत्तै कोरोनाभाइरस संक्रमण रोक्नेतर्फ प्रमुख रुपमा ध्यान केन्द्रित गर्ने सम्भावना देखाएको छ । क्लाइनलाई जनस्वास्थ्यका साथै ह्वाइट हाउसका लागि इबोला नियन्त्रण टोलीको संयोजक भएर काम गरेको अनुभव छ ।

उनले सन् २००९ मा ओबामा प्रशासनको आर्थिक पुनरुत्थान योजना निर्माण र कार्यान्वयनमा पनि केन्द्रीय भूमिका निर्वाह गरेका थिए ।

आफ्नो नियुक्तिको समाचार सार्वजनिक भएलगत्तै क्लाइनले ट्वीट गर्दै राष्ट्रपति–निर्वाचित बाइडेनले आफूमाथि देखाएको भरोसाका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

उक्त पदका लागि स्टिभ रिचेट्टी वा ब्रुस रीडको नाम पनि चर्चामा थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  १ : ५९ बजे

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार