हुलाकीदेखि जिल्लाका अधिकांश सडक दयनीय « Khabarhub

हुलाकीदेखि जिल्लाका अधिकांश सडक दयनीय


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् ।

यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका छन् ।

जिल्लाको पूर्वपश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रह्मपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने सडक, हरिपूर्वाबाट पर्सा गाउँपालिका हुँदै सदरमुकाम मलंगवासँग जोडिएको सडक र नवलपुरबाट मलंगवा जोड्ने सडक जीर्ण छन् ।

यात्राका क्रममा चर्को घाममा ठूल्ठूला खाल्डाखुल्डी र कुहिरीमण्डल धूलो उड्ने हुलाकी सडकको यात्रा गर्दा बिरामी हुने अवस्था आएको एक यात्री रजनीश रायले बताए । अहिले धुलाम्मे सडक थोरै पानी पर्नेबित्तिकै हिलाम्मे भई पोखरीमा परिणत हुने र पानी नपर्दा धुलाम्मे हुने गरेका कारण स्थानीय पैदल यात्री तथा सवारी यात्री मारमा पर्ने गरेको पर्सा गाउँपालिका–१ का वडाध्यक्ष सुरेन्द्रकुमार रायले बताए ।

अत्यधिक खाल्डाखुल्डी र धुलाम्मे ग्रामीण सडकका कारण यात्रुलाई हैरानी हुनाका साथै दुर्घटना पनि बढ्न थालेको अध्यक्ष रायले बताए । विशेष गरी साँझका समयमा सवारी साधनको बढी आवागमन हुने भएकाले ग्रामीण सडकमा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्लाका दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका नागरिकले ग्रामीण सडक अत्यन्त खराब हुँदा सदरमुकामसम्म आउजाउ गर्न समस्या भइरहेको गुनासो गरिरहेको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताए ।

नगरपालिका मातहतका सडक मर्मतसम्भार र निर्माणको काम चलिरहे पनि केन्द्र सरकारले लगानी गरिरहेको हुलाकी सडकमा आफूहरुले केही गर्न नसक्ने साहको भनाइ छ ।

त्यस्तै चुरे फेदीका बस्तीका नागरिक पनि सहज रुपमा सवारी साधन सञ्चालन गर्न सक्ने सडकको अभावका कारण मारमा परेका छन् ।

सरकारी उदासीनताका कारण वर्षौंँदेखि जीर्ण तथा निर्माणाधीन अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको र सो सडकखण्डको निर्माण तोकिएको समयमा पूरा हुन नसकेको भनी स्थानीयवासी आक्रोशित छन् ।

तराई–मधेशका जिल्ला जोड्ने हुलाकी सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको भए पनि यसको निर्माणमा संघीय, प्रदेश र स्थानीय तीन वटै तहका सरकारले चासो नदेखाएका कारण ढिलाइ भइरहेको जानकारको भनाइ छ ।

उत्तरतर्फ सर्लाहीको पर्सा गाउँपालिकाअन्तर्गत संग्रामपुरपछि पर्ने महोत्तरी जिल्लामा निर्माण पूरा भइसकेको छ । संग्रामपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा हुँदै वाग्मतीसम्मको हुलाकी सडकको निर्माण रोकिएको छ ।

उक्त सडकमा कतै खाल्डाखुल्डी छन् भने कतै वर्षाको पानीले सडकनै बगाएको छ । जीर्ण सडकमा दिनहुँजसो दर्जनौंँ दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  २ : २५ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने